Logo

२०८३ आश्विन १३ गते मंगलवार

२०८३ आश्विन १३ गते मंगलवार

बागमती किनारमा माइकिङ सुरु, सेनाको गस्ती

बागमती किनारमा माइकिङ सुरु, सेनाको गस्ती


  • 708
    Shares

    बागमती किनारमा माइकिङ सुरु, सेनाको गस्ती
    images

    काठमाडौं । लगातार वर्षासँगै काठमाडौं उपत्यकाका नदी सतह बढ्न थालेको छ ।  बागमती, विष्णुमती, मनोहरा, गोदावरी लगायतको नदिको जलसतह बढेको हो । 

    जलसतह बढेसँगै बागमती नदी किनारमा नेपाली सेना, नेपाल प्रहरी तैनाथ हुन थालेका छन् । प्रहरीले बागमती नदी किनारमा साइरन बजाएर, माइकिङ गरेर नदी किनार आसपास नआउन सूचित गर्न थालेको छ । बागमती नदी किनारको च्यासल क्षेत्र, शंखमुल क्षेत्र, बागमती दोभान क्षेत्रमा उच्च सतर्कता अपनाउन भन्दै प्रहरी माइकिङ गरिरहेको छ । 

    यस्तै नेपाली सेनाले निरन्तर नदी किनारमा रहेको करिडोरमा सवारी गस्ती  समेत गरिरहेको छ ।

     

    प्रकाशित मिति :आश्विन ९ २०८३ शुक्रवार - १०:३१:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij