Logo

२०८३ आश्विन ८ गते बिहिवार

२०८३ आश्विन ८ गते बिहिवार

चार दिनसम्म वर्षा, कुन–कुन क्षेत्रमा बाढीपहिरोको जोखिम ?

चार दिनसम्म वर्षा, कुन–कुन क्षेत्रमा बाढीपहिरोको जोखिम ?


  • 505
    Shares

    चार दिनसम्म वर्षा, कुन–कुन क्षेत्रमा बाढीपहिरोको जोखिम ?
    images

    काठमाडौं । देशका अधिकांश भूभागमा भइरहेको वर्षा आगामी असोज ११ गतेसम्म कायम रहने मौसमविद्ले बताएका छन्। बंगालको खाडीबाट आएको न्यून चापीय प्रणाली र पश्चिमी वायुको संयुक्त प्रभावका कारण अहिले विभिन्न क्षेत्रमा हल्कादेखि भारी वर्षा भइरहेको हो।

    मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार पछिल्लो २४ घण्टामा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा वर्षा भएको छ। लुम्बिनीका पाल्पा, अर्घाखाँची र कपिलवस्तु आसपासका केही क्षेत्रमा १४० मिलिमिटरभन्दा बढी वर्षा मापन भएको छ। पाल्पाका केही केन्द्रमा वर्षा १६० मिलिमिटरभन्दा माथि पुगेको उनले बताएका छन्।

    असोज ८ र ९ गते कोशीदेखि लुम्बिनीसम्मका अधिकांश क्षेत्रमा हल्कादेखि मध्यम तथा केही स्थानमा भारी वर्षाको सम्भावना छ। शुक्रबारसम्म वर्षाको प्रभाव कर्णाली र सुदूरपश्चिमसम्म फैलिन सक्ने अनुमान गरिएको छ।

    असोज १० गतेदेखि पूर्वी क्षेत्रमा वर्षा घट्दै जाने भए पनि लुम्बिनीका पश्चिमी भागसहित कर्णाली र सुदूरपश्चिममा वर्षाको प्रभाव बढ्न सक्नेछ। असोज ११ गतेपछि भने देशभर वर्षा क्रमशः कमजोर हुने अनुमान छ।

    लगातारको वर्षाका कारण पहाडी तथा कमजोर भौगर्भिक संरचना भएका क्षेत्रमा पहिरो र नदी–खोला आसपास बाढीको जोखिम बढ्ने भएकाले सतर्क रहन मौसमविद्ले आग्रह गरेका छन्। उच्च पहाडी तथा हिमाली क्षेत्रमा पदयात्रामा रहेका पर्यटकलाई पनि मौसम अनुकूल नभएसम्म सुरक्षित स्थानमा बस्न सुझाव दिइएको छ।

    प्रकाशित मिति :आश्विन ८ २०८३ बिहिवार - १७:२१:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij