२०८३ आश्विन ८ गते बिहिवार
काठमाडौं । अविरल वर्षाका कारण बाढी, पहिरो र डुबानको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय चितवनले नारायणगढ–मुग्लिन सडक खण्डमा रात्रिकालीन सवारी आवागमन बन्द गरेको छ।
प्रशासनले बिहीबार जारी गरेको सूचनाअनुसार आज राति ८ बजेदेखि भोलि बिहान ५ बजेसम्म उक्त सडक खण्डमा सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो।
जल तथा मौसम विज्ञान विभागले चितवन र आसपासका क्षेत्रमा निरन्तर वर्षा भइरहेको तथा आगामी केही दिन अति भारी वर्षाको सम्भावना रहेको पूर्वानुमान गरेपछि यात्रु र सवारीसाधनको सुरक्षाका लागि यस्तो निर्णय गरिएको प्रशासनले जनाएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद शर्माद्वारा जारी सूचनामा यात्रु तथा चालकलाई मौसम र सडकको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरिएको छ।
साथै जोखिमयुक्त स्थानमा नजान र सम्बन्धित निकायले जारी गर्ने सुरक्षा निर्देशन पालना गर्न प्रशासनले अनुरोध गरेको छ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij