Logo

२०८३ आश्विन ८ गते बिहिवार

२०८३ आश्विन ८ गते बिहिवार

आज रातिदेखि भोलि बिहानसम्म पृथ्वी राजमार्गमा सवारी चलाउन रोक

आज रातिदेखि भोलि बिहानसम्म पृथ्वी राजमार्गमा सवारी चलाउन रोक


  • 386
    Shares

    आज रातिदेखि भोलि बिहानसम्म पृथ्वी राजमार्गमा सवारी चलाउन रोक
    images

    काठमाडौं । अविरल वर्षाका कारण बाढी, पहिरो र डुबानको उच्च जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय धादिङले पृथ्वी राजमार्गमा रात्रिकालीन सवारी आवागमनमा पूर्ण रूपमा रोक लगाएको छ।

    जल तथा मौसम विज्ञान विभागले धादिङ र आसपासका क्षेत्रमा आगामी केही दिनसम्म भारीदेखि अति भारी वर्षा हुने पूर्वानुमान गरेसँगै यात्रु र सवारीसाधनको सुरक्षालाई सुनिश्चित गर्न यो निर्णय गरिएको प्रशासनले जनाएको हो।

    प्रशासनले जारी गरेको सूचनाअनुसार आज राति ८ बजेदेखि शुक्रबार बिहान ५ बजेसम्म पृथ्वी राजमार्ग भएर चल्ने सम्पूर्ण सवारीसाधनको आवागमन बन्द गरिएको छ।

    प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय (गौतम)द्वारा जारी सूचनामा यात्रु तथा सवारी चालकहरूलाई मौसम र सडकको अवस्था बुझेर मात्र यात्रा तय गर्न आग्रह गरिएको छ। 

    dhading-1116x1536.png

     

     

    प्रकाशित मिति :आश्विन ८ २०८३ बिहिवार - १४:५६:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij