२०८३ आश्विन ८ गते बिहिवार
काठमाडौं । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ स्थित दोभान बजारमा आगलागी भएको छ । बिहीबार साढे १ बजेदेखि आगलागी सुरु भएको हो ।
पुरानो बजार क्षेत्रमा लागेको आगो नियन्त्रणमा लिने प्रयास भइरहेको ताप्लेजुङका डीएसपी कमल बजगाईंले बताएका छन् । आगो नियन्त्रण गर्न घटनास्थलमा सैनिक, प्रहरी र सशस्त्रका सुरक्षाकर्मी खटिएका छन् ।
घटनास्थलमा दुई वटा दमकल पनि पुगेको डीएसपी बजगाईंले जानकारी दिएका छन् । बाक्लो घरहरूमा आगो फैलिरहेको छ । आगलागी नियन्त्रणमा लिन जिल्लाबाट पनि थप प्रहरी परिचालन गरिएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij