Logo

२०८३ आश्विन ८ गते बिहिवार

२०८३ आश्विन ८ गते बिहिवार

प्रधानाध्यापक नियुक्ति विवादमा शिक्षकलाई ज्यान मार्ने धम्की

प्रधानाध्यापक नियुक्ति विवादमा शिक्षकलाई ज्यान मार्ने धम्की


  • 519
    Shares

    प्रधानाध्यापक नियुक्ति विवादमा शिक्षकलाई ज्यान मार्ने धम्की
    images

    काठमाडौं । डोटीको बोगटान फुड्सिल गाउँपालिका–४ स्थित जोराघाट माध्यमिक विद्यालयमा प्रधानाध्यापक नियुक्तिको विषयलाई लिएर विवाद भएको छ। विवादकै क्रममा आफूलाई ज्यान मार्ने धम्की दिइएको भन्दै शिक्षक भागिराम चौधरीले सुरक्षाको माग गरेका छन्।

    चौधरीले प्रहरी, गाउँपालिका र शिक्षा विकास तथा समन्वय इकाईमा दिएको निवेदनमा स्थानीय गणेश भुल, गोविन्द बिनाडी र नरबहादुर थापाले आफूलाई धम्की दिएको उल्लेख गरेका छन्।

    उनका अनुसार केही व्यक्ति खुकुरी र काठको मुडा लिएर आफूलाई आक्रमण गर्न आएको र मुडाले प्रहारसमेत गरेको आरोप छ। आक्रमणबाट जोगिएपछि आफू अहिले बर्दियास्थित घरमा रहेको उनले बताएका छन्।

    विद्यालयका तत्कालीन प्रधानाध्यापक लोकराज बिनाडीले राजीनामा दिएपछि नयाँ प्रधानाध्यापक नियुक्तिको विषयमा विवाद उत्पन्न भएको हो। सहायक प्रधानाध्यापक रहेका चौधरीलाई प्रधानाध्यापक बन्न सक्ने भन्दै स्थानीयस्तरमा विवाद भएको उनको दाबी छ।

    गाउँपालिकाले भने शिक्षक देवबहादुर कुँवरलाई निमित्त प्रधानाध्यापकको जिम्मेवारी दिएको जनाएको छ। गाउँपालिका अध्यक्ष कमलबहादुर गड्सिलाले दुवै पक्षलाई बोलाएर छलफल गर्ने बताएका छन्।

    चौधरीले आफू सुरक्षित नभएसम्म विद्यालय फर्किन नसक्ने बताउँदै आक्रमणमा संलग्नमाथि कारबाहीको माग गरेका छन्।  

    प्रकाशित मिति :आश्विन ८ २०८३ बिहिवार - १४:४३:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij