Logo

२०८३ आश्विन ८ गते बिहिवार

२०८३ आश्विन ८ गते बिहिवार

यातायात तथा पारवहन समितिको उपसभापतिमा पौडेल मनोनीत

यातायात तथा पारवहन समितिको उपसभापतिमा पौडेल मनोनीत


  • 92
    Shares

    यातायात तथा पारवहन समितिको उपसभापतिमा पौडेल मनोनीत
    images

    काठमाडौं ।अटोमोबाइल क्षेत्रमा लामो समयदेखि सक्रिय रहेका मेघराज पौडेल नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको यातायात तथा पारवहन समितिको उपसभापतिमा मनोनीत भएका छन् ।

    उनलाई कार्यकारिणी समिति सदस्य लीलेन्द्र प्रधानको सभापतित्वमा रहेको समितिको उपसभापति मनोनीत गरिएको हो ।

    पौडेल नाडा अटोमोबाइल्स एसोसियसन अफ नेपालका सचिव तथा अल्फा अटोमोटिभ प्रालिका निर्देशक हुन् । उनीसँग नेपालमा रोयल इन्फिल्ड मोटरसाइकलको बजार विस्तारको सुरुवाती चरणदेखि नै अहिलेको अवस्थासम्म पुगेको अनुभव रहेको छ ।

    उनले आफूमा आएको नयाँ जिम्मेवारीसँगै अटोमोबाइल व्यवसाय र समग्र यातायात तथा पारबहन क्षेत्रका समस्या समाधानमा केन्द्रित रहने जनाएका छन् । उनले नीतिगत र व्यवहारिक विषयमा आफ्नो समितिले ध्यान दिने बताएका छन् ।

    प्रकाशित मिति :आश्विन ८ २०८३ बिहिवार - १४:२८:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij