२०८३ आश्विन ८ गते बिहिवार
काठमाडौं । जिल्ला अदालत कास्कीका न्यायाधीश हिमलाल बेलबासे अनिवार्य अवकाशको चार दिनअघि उच्च अदालतको न्यायाधीशमा सिफारिस भएका छन्। न्याय परिषद्ले उनलाई उच्च अदालत जनकपुरमा पदस्थापन हुने गरी सिफारिस गरेको थियो।
बेलबासे असोज ४ गते ६३ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा गएका हुन्। उनी जिल्ला न्यायाधीशको वरीयतामा १३औँ स्थानमा रहे पनि उच्च अदालतमा सिफारिस भएका थिए। नियुक्तिपछि उच्च अदालतको न्यायाधीशको हैसियतअनुसार पेन्सनलगायत सेवा सुविधामा प्रभाव पर्नेछ।
बेलबासेसँगै न्याय परिषद्ले सर्वोच्च अदालतका रजिष्ट्रार भद्रकाली पोखरेल र फैसला कार्यान्वयन निर्देशनालयका महानिर्देशक गजेन्द्रबहादुर सिंहलाई पनि उच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको थियो।
कास्की जिल्ला अदालतमा रहँदा बेलबासेको इजलासले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको सहकारी ठगीसँग जोडिएको संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग संशोधन गर्न अनुमति दिएको थियो। संशोधनपछि लामिछानेविरुद्ध सहकारी ठगीसम्बन्धी अभियोग मात्रै कायम रहेको प्रकाशित विवरणमा उल्लेख
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij