Logo

२०८३ आश्विन ८ गते बिहिवार

२०८३ आश्विन ८ गते बिहिवार

कार्यालय समयमा तलबसँगै भत्ता लिने व्यवस्था हटाउन अमरेशको माग

कार्यालय समयमा तलबसँगै भत्ता लिने व्यवस्था हटाउन अमरेशको माग


  • 358
    Shares

    कार्यालय समयमा तलबसँगै भत्ता लिने व्यवस्था हटाउन अमरेशको माग
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.अमरेशकुमार सिंहले संवैधानिक निकायका पदाधिकारीले तलबसँगै बैठक, अन्तर्वार्ता लगायत विभिन्न शिर्षकमा लिने भत्ताको व्यवस्था हटाउनुपर्ने बताएका छन् । 

    राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३ माथिको छलफलमा उहाँले कार्यालयकै नियमित कामका भत्ता दिनु उपयुक्त नहुने बताएका हुन् । उनले नियमित कामको लागी बस्ने बैठकका लागि समेत पदाधिकारीले छुट्टै भत्ता लिने गरेको बताएका छन्।

    लोक सेवा आयोगका अध्यक्ष तथा सदस्यले लिखित परीक्षापछि हुने अन्तर्वार्तामा छुट्टै भत्ता पाउने व्यवस्था रहेको उनको भनाई छ । निर्वाचन आयोगका पदाधिकारीले पनि निर्वाचनका क्रममा समेत छुट्टै भत्ता लिने गरेको उनले बताएका छन्। निर्वाचनका समयमा निर्वाचन आयोगअन्तर्गत हुने खर्च तथा भत्ताको व्यवस्थाबारे समेत समीक्षा आवश्यक रहेको उनको भनाई छ । 

    लोक सेवा आयोग र निर्वाचन आयोग दुवै समितिको कार्यक्षेत्रअन्तर्गत पर्ने भएकाले ती निकायका पदाधिकारीको सुविधा सम्बन्धमा स्पष्ट व्यवस्था गर्नुपर्नेमा उनले जोड दिएका छन् ।

     

    प्रकाशित मिति :आश्विन ८ २०८३ बिहिवार - १३:४७:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij