२०८३ आश्विन ८ गते बिहिवार
काठमाडौं । निरन्तर वर्षा भइरहेकाले पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिन सडक खण्डमा यात्रा गर्दा उच्च सतर्कता अपनाउन नागढुंगा–मुग्लिङ सडक योजनाले आग्रह गरेको छ ।
जल तथा मौसम विज्ञान विभागले असोज ८ देखि १२ गतेसम्म देशका विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको पूर्वानुमान गरेपछि सडक योजनाले सूचना जारी गर्दै यात्रु तथा चालकलाई सचेत गराएको हो ।
सडक खण्डका अधिकांश स्थानमा निरन्तर वर्षा भइरहेकाले खोला तथा नदी किनारका बस्तीका बासिन्दालाई समेत सावधानी अपनाउन आग्रह गरिएको छ ।
वर्षाका कारण पहिरो खस्ने तथा सडक अवरुद्ध हुन सक्ने जोखिम रहेकाले अत्यावश्यक कामबाहेक यात्रा नगर्न योजनाले सुझाव दिएको छ । यात्रा गर्नैपर्ने अवस्था भए मौसम र सडकको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्रै निस्कन भनिएको छ ।
साथै, प्रतिकूल मौसम र सडकको अवस्थालाई ध्यानमा राख्दै सकेसम्म रात्रिकालीन यात्रा नगर्न यात्रु तथा सवारी चालकलाई विशेष आग्रह गरिएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij