Logo

२०८३ आश्विन ८ गते बिहिवार

२०८३ आश्विन ८ गते बिहिवार

इन्द्रजात्राको अवसरमा वसन्तपुरमा सामूहिक कुमारी पूजा (तस्बिरहरू)

इन्द्रजात्राको अवसरमा वसन्तपुरमा सामूहिक कुमारी पूजा (तस्बिरहरू)


  • 302
    Shares

    इन्द्रजात्राको अवसरमा वसन्तपुरमा सामूहिक कुमारी पूजा (तस्बिरहरू)
    images

    काठमाडौं । इन्द्रजात्राको अवसरमा काठमाडौंको वसन्तपुर दरबार क्षेत्रमा सामूहिक कुमारी पूजा गरिएको छ । इन्द्रजात्रा सुरु भएको संकेतका रूपमा योःसी ठड्याइएको भोलिपल्ट कुमारी पूजा गर्ने परम्पराअनुसार शुक्रबार पूजा गरिएको हो ।

    तलेजु भवानी मन्दिर अगाडि महिनावारी सुरु नभएका बालिकाहरूलाई वैदिक विधिअनुसार सामूहिक रूपमा कुमारीका रूपमा पूजा गरिएको हो । नेवार समुदायमा यस्तो पूजा गर्दा सुख, शान्ति र समृद्धि प्राप्त हुने धार्मिक विश्वास छ ।

    ईही (बेल विवाह) नगरेका २ देखि ८ वर्ष उमेर समूहका बालिकालाई कुमारीका रूपमा पूजा गर्ने प्रचलन रहेको छ । पूजामा सहभागी बालिकाहरूलाई हनुमानढोकास्थित तलेजु भवानी मन्दिरको परिक्रमा गराई पुनः पूजा गर्ने परम्परा पनि रहेको छ ।

    कुमारी पूजा गरेपछि बालिकाहरूलाई तलेजु भवानीले रक्षा गर्ने तथा रोगव्याधिबाट सुरक्षित राख्ने जनविश्वास रहेको छ । इन्द्रजात्राका विभिन्न धार्मिक तथा सांस्कृतिक विधिमध्ये कुमारी पूजा पनि महत्वपूर्ण परम्पराका रूपमा मनाइँदै आएको छ ।

    k1.JPG

    k2.JPG

    k3.JPG

    k4.JPG

    k5.JPG

    k6.JPG

    k7.JPG

    k8.JPG

    k9.JPG

     

    k10.JPG

    प्रकाशित मिति :आश्विन ८ २०८३ बिहिवार - १२:०६:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij