Logo

२०८३ आश्विन ८ गते बिहिवार

२०८३ आश्विन ८ गते बिहिवार

रास्वपा सांसदको प्रश्नः ‘कानून ठूलो कि नागरिकको ज्यान ?’

रास्वपा सांसदको प्रश्नः ‘कानून ठूलो कि नागरिकको ज्यान ?’


  • 358
    Shares

    रास्वपा सांसदको प्रश्नः ‘कानून ठूलो कि नागरिकको ज्यान ?’
    images

    काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ज्ञानेन्द्र सिंह महताले बिरामीको ज्यान बचाउने आपत्कालीन हवाई उद्धारमा देखिएको प्रक्रियागत र कानूनी जटिलताप्रति असन्तुष्टि व्यक्त गरेका छन्।
     
    आफ्नो परिवारको सदस्यको जीवन रक्षाका लागि सरकारी निकाय धाउँदा पनि सहयोग नपाएपछि उनले बिहीवारको संसद बैठकमा ‘मानव जीवन भन्दा ठूलो कानून हुन नसक्ने’ भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन्। कञ्चनपुरको महाकाली अस्पतालमा भदौ ६ गते भर्ना भएकी भाइबुहारीको शल्यक्रियापछि स्वास्थ्य अवस्था एक्कासी जटिल बनेपछि सांसद महताले आपत्कालीन हवाई उद्धारको प्रयास गरेका थिए। 

    चिकित्सकले बिरामीलाई सुविधासम्पन्न अस्पतालमा लैजान सुझाव दिएपछि उहाँले स्वास्थ्य, गृह र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सम्पर्क गरेका थिए। तर मन्त्रालयका जिम्मेवार पदाधिकारीबाट फोन नउठ्ने र फोन उठेको अवस्थामा पनि ‘कानूनी जटिलता’ भन्दै पन्छिने काम भएको उनले बताए । सभामुखको सहयोगमा केही प्रयास भएपनि अन्त्यमा निजी क्षेत्रको हेलिकप्टर प्रयोग गर्नुपर्ने अवस्था आयो । 

    सांसद महताले प्रश्न गरे, ‘म एक सांसद भएर राज्यको संयन्त्रसम्म पहुँच हुँदा त यति धेरै सास्ती छ भने दूरदराजका सर्वसाधारण नागरिकले कसरी आपत्कालीन उपचार पाउँछन् ?’ 

    प्रकाशित मिति :आश्विन ८ २०८३ बिहिवार - ११:५६:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij