Logo

२०८३ आश्विन ८ गते बिहिवार

२०८३ आश्विन ८ गते बिहिवार

भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियोबारे संसदमा प्रश्न

भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियोबारे संसदमा प्रश्न


  • 365
    Shares

    भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियोबारे संसदमा प्रश्न
    images

    काठमाडौं । कञ्चनपुरका भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) लाई धम्क्याएको भनिएको अडियो सार्वजनिक भएपछि उक्त विषय प्रतिनिधिसभामा उठेको छ ।

    बिहीबारको प्रतिनिधिसभा बैठकमा आकस्मिक समयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद टिका संग्रौला (ज्वाला)ले घटनाबारे सरकारको ध्यानाकर्षण गराएकी हुन् ।

    संग्रौलाका अनुसार भन्सारमा गाडी नियन्त्रणमा लिएको विषयलाई लिएर भन्सार अधिकृतले सुरक्षा निकायका अधिकारीसँग धम्कीपूर्ण भाषा प्रयोग गरेको विषय सार्वजनिक भएको छ । सार्वजनिक अडियोमा ती अधिकारीले ‘स्वाट्टै हान्छु’ जस्ता शब्द प्रयोग गरेको सुनिएको उनले बताइन् ।

    उनले राज्यका उच्च पदस्थ अधिकारीलाई नै धम्की दिने शैलीप्रति आपत्ति जनाउँदै घटनाको तत्काल छानबिन गर्न सरकारसँग माग गरिन् ।

    सीमा क्षेत्रमा राजस्व चुहावट नियन्त्रणका लागि खटिएका सुरक्षाकर्मी र भन्सार प्रशासनबीच समन्वय र मर्यादित वातावरण आवश्यक रहेको संग्रौलाको भनाइ छ । यस्तो घटनाले राज्य संयन्त्रका निकायबीचको समन्वयमा प्रश्न उठाउने भन्दै उनले सम्बन्धित अधिकारी दोषी ठहरिए कानुनअनुसार कारबाही गर्न माग गरिन् ।

    साथै, सीमा क्षेत्रमा कार्यरत सुरक्षा निकाय र राजस्व प्रशासनबीच जिम्मेवारी तथा कार्यसम्पादनमा देखिने विवाद समाधान गर्न सरकारले आवश्यक समन्वयको व्यवस्था मिलाउनुपर्ने उनले बताइन् ।

    प्रकाशित मिति :आश्विन ८ २०८३ बिहिवार - ११:५०:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij