२०८३ आश्विन ८ गते बिहिवार
काठमाडौं । काभ्रेको रोशी गाउँपालिका–७ स्थित कटुन्जेमा रोशी खोला तर्ने क्रममा यात्रुवाहक बस फसेको छ ।
बिहीबार कटुन्जेबाट थानसिंह जाने भित्री सडक खण्डबाट रोशी खोला तर्ने क्रममा यात्रुवाहक बस फसेको हो । सशस्त्रको विपद् व्यवस्थापन वेश भकुण्डेवेशी र प्रहरी चौकी भकुण्डे बेशीबाट खटिएको टोलीले बस निकालेका छन् ।
जेसिबीको प्रयोग गरेर बसलाई खोलाबाट निकालिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी रविन विष्टले बताएका छन् । बसमा सवार यात्रुहरू सकुशल रहेका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij