Logo

२०८३ आश्विन ८ गते बिहिवार

२०८३ आश्विन ८ गते बिहिवार

परराष्ट्रमन्त्री खनाल र पाकिस्तानी समकक्षीबिच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र पाकिस्तानी समकक्षीबिच भेटवार्ता


  • 323
    Shares

    परराष्ट्रमन्त्री खनाल र पाकिस्तानी समकक्षीबिच भेटवार्ता
    images

    काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र पाकिस्तानका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री सिनेटर मोहम्मद इसहाक डारबिच संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा द्विपक्षीय भेटवार्ता भएको छ। 

    संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभाका क्रममा यो भेटघाट भएको हो। भेटका क्रममा दुवै देशका परराष्ट्रमन्त्रीहरूले नेपाल र पाकिस्तानबिच रहेको सुमधुर तथा सहयोगात्मक सम्बन्धका विषयमा विचार आदानप्रदान गरेका छन्। 

    उनीहरूले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन र संयुक्त राष्ट्रसङ्घसहितका द्विपक्षीय तथा बहुपक्षीय मञ्चहरूमा दुवै देशको हित हुने गरी सहयोगलाई अझ सुदृढ बनाउनु पर्नेमा जोड दिएका छन्। 

    प्रकाशित मिति :आश्विन ८ २०८३ बिहिवार - १०:५८:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij