Logo

२०८३ आश्विन ८ गते बिहिवार

२०८३ आश्विन ८ गते बिहिवार

बुटवलमा दुई दिन विद्यालय बन्द

बुटवलमा दुई दिन विद्यालय बन्द


  • 323
    Shares

    बुटवलमा दुई दिन विद्यालय बन्द
    images

    काठमाडौं । सम्भावित अविरल वर्षाका कारण बाढी तथा डुबानको जोखिम बढ्न सक्ने भन्दै बुटवल उपमहानगरपालिकाले नगर क्षेत्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा पठनपाठन स्थगित गर्ने निर्णय गरेको छ।

    उपमहानगरपालिकाका अनुसार नगर प्रमुखस्तरीय निर्णयबाट असोज ८ गते दिवा सत्रका कक्षा मात्र बन्द गरिनेछ। यस्तै, असोज ९ गते बिहानी र दिवा दुवै सत्रका सम्पूर्ण कक्षा बन्द रहनेछन्।

    सम्भावित बाढी तथा अन्य प्राकृतिक विपद्को जोखिमलाई मध्यनजर गर्दै उपमहानगरपालिकाले बालबालिकाको सुरक्षालाई प्राथमिकतामा राख्न विद्यालय तथा अभिभावकलाई आग्रह गरेको छ।

    उपमहानगरपालिकाले बालबालिकालाई खोला किनार तथा अन्य जोखिमयुक्त क्षेत्रमा जान नदिन र आवश्यक सतर्कता अपनाउन समेत अनुरोध गरेको छ।

    जारी सूचनामा निर्णयअनुसार विद्यालयको पठनपाठन बन्द गरी आवश्यक कार्यान्वयन गर्न तथा गराउन सबै विद्यालयलाई निर्देशन दिइएको छ।  

     

    प्रकाशित मिति :आश्विन ८ २०८३ बिहिवार - १०:५०:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij