२०८३ आश्विन ७ गते बुधवार
काठमाडौं । काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्माको ८६ वर्षको उमेरमा निधन भएको छ।
बुधबार साँझ काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचारका क्रममा शर्माको निधन भएको हो। स्वास्थ्यमा समस्या देखिएपछि उनी पाँच दिनदेखि ह्याम्स अस्पतालमा उपचाररत थिए।
शर्माले काठमाडौँ विश्वविद्यालयको स्थापना गर्नमा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए। उनी काठमाडौं विश्वविद्यालयको ६ कार्यकाल उपकुलपति भएका थिए।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का पहिलो कार्यकारी निर्देशक समेत हुन्। उनले लन्डनस्थित युनिभर्सिटी अफ साउथ बैंकबाट रसायनशास्त्रमा विद्यावारिधि गरेका थिए।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij