२०८३ आश्विन ७ गते बुधवार
काठमाडौं । काठमाडौं जिल्ला अदालतमा कार्यरत ९ जना प्रहरी कर्मचारीको जिम्मेवारी हेरफेर गरिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले अदालतको सुरक्षा तथा फैसला कार्यान्वयन इकाईमा खटिएका प्रहरी कर्मचारीको जिम्मेवारी परिवर्तन गरेको हो।
परिसरका अनुसार फैसला कार्यान्वयन इकाईमा कार्यरत प्रहरी वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई) नवराज देवकोटालाई प्रहरी वृत्त मालिगाउँ र प्रहरी नायव निरीक्षक (सई) विकास थापालाई प्रहरी वृत्त नयाँ बानेश्वर पठाइएको छ।
त्यस्तै, अदालतको फैसला कार्यान्वयन इकाईमा प्रहरी नायव निरीक्षक प्रदीपकुमार गोले र प्रहरी सहायक निरीक्षक विदुर खड्कालाई जिम्मेवारी दिइएको छ।
अदालतमा कार्यरत प्रहरी सहायक निरीक्षक छाया रुचाल, हवल्दार सरस्वती बर्मा, हवल्दार शिवचरण चौधरी, सहायक हवल्दार सानु तामाङ तथा प्रहरी जवान भुवन बर्देवा, राजीवकुमार ठाकुर र सन्तोषकुमार यादवलाई पनि अदालतबाट अन्यत्र सरुवा गरिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका डीएसपी सूर्यबहादुर खड्काले केही दिनअघि प्रहरी कर्मचारीको जिम्मेवारी हेरफेर गरिएको जानकारी दिए।
अदालतको सुरक्षा व्यवस्थापनको जिम्मेवारी भने काठमाडौं परिसर मातहत नै रहनेछ। नयाँ व्यवस्थाअनुसार वरिष्ठ हवल्दार नानीराम भण्डारीसहित प्रहरी कर्मचारीको टोलीलाई अदालतको सुरक्षा जिम्मेवारीमा खटाइएको छ।
अदालतका एक अधिकृतका अनुसार यसअघि वरिष्ठ सई देवकोटा र सई थापा फैसला कार्यान्वयनसम्बन्धी काममा तथा अन्य प्रहरी कर्मचारी अदालतको सुरक्षा व्यवस्थापनमा खटिँदै आएका थिए।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij