Logo

२०८३ आश्विन ७ गते बुधवार

२०८३ आश्विन ७ गते बुधवार

भोटेकोशी बाढीमा बेपत्ताको खोजी माग्दै माइतीघरमा आफन्तको प्रदर्शन

भोटेकोशी बाढीमा बेपत्ताको खोजी माग्दै माइतीघरमा आफन्तको प्रदर्शन


  • 337
    Shares

    भोटेकोशी बाढीमा बेपत्ताको खोजी माग्दै माइतीघरमा आफन्तको प्रदर्शन
    images

    काठमाडौं । रसुवाको भोटेकोशी बाढीमा परी बेपत्ता भएका आफ्ना आफन्तको खोजी तीव्र बनाउन माग गर्दै परिवार तथा आफन्तजनले बुधबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन्।

    माथिल्लो त्रिशूली–३ ‘१’ जलविद्युत् आयोजनाको क्याम्पबाट बाढीका क्रममा बेपत्ता भएकाहरूको अवस्था सार्वजनिक गर्न उनीहरूले माग गरेका छन्। प्रदर्शनमा सहभागी आफन्तले बेपत्ताको खोजीका लागि प्रभावकारी रूपमा उद्धार तथा खोजी अभियान सञ्चालन गर्न सरकारसँग आग्रह गरेका छन्।

    उनीहरूले बाढी आउनुअघि क्याम्प क्षेत्रमा जडान गरिएको सीसीटीभीमा रेकर्ड भएका दृश्य सार्वजनिक गर्नसमेत माग गरेका छन्। बाढी आउनुअघिको अवस्थाबारे जानकारी लिन सीसीटीभी फुटेज महत्वपूर्ण हुने उनीहरूको भनाइ छ।

    बेपत्ता आफन्तको खोजीका लागि दक्षिण कोरियाली निर्माण कम्पनी डोसानसँग आग्रह गर्दा आफूहरूलाई ज्यान मार्ने धम्की दिइएको आरोपसमेत प्रदर्शनकारीले लगाएका छन्। बाढीको सम्भावित जोखिमबारे पूर्वसावधानी नअपनाएको र कर्मचारीको सुरक्षामा लापरबाही गरेको आरोप उनीहरूले कम्पनीमाथि लगाएका छन्।

    गत भदौ १० गते आएको विनाशकारी भोटेकोशी बाढीमा रसुवा क्षेत्रमा ठूलो जनधनको क्षति भएको थियो। बाढीमा परी विभिन्न क्षेत्रमा मानिसहरू बेपत्ता भएका थिए।

    बेपत्ता आफन्तको खोजी, घटनासँग सम्बन्धित विवरण सार्वजनिक तथा जिम्मेवार पक्षमाथि आवश्यक छानबिनको माग गर्दै आफूहरूको आन्दोलन जारी रहने प्रदर्शनकारीले बताएका छन्।

    प्रकाशित मिति :आश्विन ७ २०८३ बुधवार - १७:३८:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij