Logo

२०८३ आश्विन ७ गते बुधवार

२०८३ आश्विन ७ गते बुधवार

बङ्गालको खाडीमा बनेको ‘डीप डिप्रेसन’ आज राति भारतीय तट आइपुग्ने

बङ्गालको खाडीमा बनेको ‘डीप डिप्रेसन’ आज राति भारतीय तट आइपुग्ने


  • 379
    Shares

    बङ्गालको खाडीमा बनेको ‘डीप डिप्रेसन’ आज राति भारतीय तट आइपुग्ने
    images

    काठमाडौं । बङ्गालको खाडीमा विकसित भएको ‘डीप डिप्रेसन’ पश्चिमतर्फ सर्दै भारतको पूर्वी तट नजिक पुगेको छ। पछिल्लो ६ घण्टामा करिब १२ किलोमिटर प्रतिघण्टाको गतिमा पश्चिमतर्फ अघि बढेको उक्त प्रणाली बुधबार बिहान आन्ध्र प्रदेशको कलिङ्गपट्टनमबाट करिब ७० किलोमिटर टाढा समुद्री क्षेत्रमा रहेको बताइएको छ।

    भारतीय मौसम विज्ञान विभागका अनुसार यो प्रणाली बुधबार रातिसम्म उत्तर आन्ध्र प्रदेश र दक्षिण ओडिशाको तटीय क्षेत्र हुँदै कलिङ्गपट्टनम आसपासबाट स्थलतर्फ प्रवेश गर्ने सम्भावना छ। समुद्रमा न्यून चापीय प्रणाली थप शक्तिशाली बन्दै जाँदा त्यस आसपासका क्षेत्रमा तीव्र हावाहुरीसहित भारी वर्षा हुनसक्ने मौसम विभागले जनाएको छ।

    यसको प्रभाव भारतका अन्य भूभागमा समेत देखिन थालेको छ। मध्य प्रदेशका छिन्दवाडा, सिवनी र बालाघाटमा बुधबार भारी वर्षाको सम्भावना जनाउँदै सतर्कता अपनाउन भनिएको छ।

    त्यस्तै, बिहारका सबै ३८ जिल्लामा वर्षाको सम्भावनालाई मध्यनजर गर्दै ‘येलो अलर्ट’ जारी गरिएको छ। स्थानीय प्रशासनलाई सम्भावित वर्षाजन्य जोखिमप्रति आवश्यक तयारी अवस्थामा रहन भनिएको छ।

    उता राजस्थानमा भने तत्काल वर्षाको अवस्था नरहेकाले तापक्रम बढेको छ। जेसलमेरमा ४१ डिग्री सेल्सियस तथा बीकानेर र बाडमेरमा ४० डिग्री सेल्सियसभन्दा बढी तापक्रम मापन गरिएको छ।

    मौसम विभागका अनुसार राजस्थानमा आगामी चारदेखि पाँच दिन मौसम मुख्यतः सुक्खा रहने र तापक्रम थप बढ्न सक्ने सम्भावना छ।

    प्रकाशित मिति :आश्विन ७ २०८३ बुधवार - १६:४९:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij