Logo

२०८३ आश्विन ७ गते बुधवार

२०८३ आश्विन ७ गते बुधवार

प्रधानमन्त्री बालेनले भने: अत्यधिक वर्षाको सम्भावना छ, सावधानी अपनाउनू

प्रधानमन्त्री बालेनले भने: अत्यधिक वर्षाको सम्भावना छ, सावधानी अपनाउनू


  • 211
    Shares

    प्रधानमन्त्री बालेनले भने: अत्यधिक वर्षाको सम्भावना छ, सावधानी अपनाउनू
    images

    काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले असोज ९ देखि ११ गतेसम्म अध्यधिक वर्षाको सम्भावना रहेकाले सावधानी अपनाउन आग्रह गरेका छन्। 

    संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका प्रस्थान गरेका प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत सचेत गराएका हुन्। यसअघि भोटेकोसी बाढीका समयमा सामाजिक सञ्जालमार्फत जानकारी नदिएको भन्दै प्रधानमन्त्री शाहको आलोचना भएको थियो। 

    कतारको दोहाहुँदै अमेरिका प्रस्थान गरेका प्रधानमन्त्री शाहले भनेका छन्, ‘सम्पूर्ण नागरिकलाई सुरक्षित रहन, सचेत बन्न तथा आवश्यक सावधानी अपनाउन हार्दिक अनुरोध गर्दछौँ।’

    प्रधानमन्त्री वालेन्द्र शाहको स्टाटस्: 

    आज बुद्धबार असोज ७ गते  विज्ञान विभागका अनुसार पर्सि असोज ९ गते शुक्रबारदेखि असोज ११ गते आइतबारसम्म देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको छ।

    गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि अति भारी वर्षा तथा एकरदुई स्थानमा अति भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
    साथै, कोशी, बागमती, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा समेत भारीदेखि धेरै भारी वर्षा हुन सक्ने सम्भावना रहेको छ।

    मौसम प्रणालीको प्रभावका कारण गण्डकी प्रदेशको पोखरा आसपास, लुम्बिनीको पहाडी तथा तराई क्षेत्र, कोशीको ताप्लेजुङलगायत हिमाली भूभाग, बागमतीको पहाडी खण्ड, कर्णालीको जुम्ला आसपास तथा सुदूरपश्चिमका पहाडी क्षेत्रहरूमा बाढी, पहिरो, डुबान तथा सडक अवरोधको जोखिमप्रति विशेष सतर्क रहन आवश्यक छ।

    सम्भावित वर्षाका कारण बाढी, पहिरो, गेग्रान बहाव, डुबान तथा सडक र हवाई यातायातमा समेत अवरोध हुन सक्ने भएकाले सम्पूर्ण नागरिकलाई आवश्यक सावधानी अपनाउन अनुरोध गर्दछौँ।

    साथै पानी परिरहेको समयमा तथा रातिको समयमा सकेसम्म राजमार्गमा यात्रा नगर्न अनुरोध गर्दछौ। पहिरो तथा बाढीको जोखिम भएका क्षेत्र, नदी तथा खोलानजिकका क्षेत्रमा विशेष सतर्कता अपनाउन अनुरोध छ।

    ट्रेकिङ तथा हिमाली क्षेत्रमा जाने योजना बनाउनुभएका व्यक्तिहरूले मौसम सुधार नभएसम्म यात्रा स्थगित वा पुनर्विचार गर्नुहोला।
    मौसम विज्ञान विभाग तथा स्थानीय प्रशासनबाट जारी हुने सूचनाहरू नियमित रूपमा हेर्न र आवश्यक अवस्थामा सम्बन्धित निकायको निर्देशन पालना गर्न समेत अनुरोध गरिन्छ।

    सम्भावित विपद् जोखिम न्यूनीकरणका लागि सम्बन्धित निकायहरूलाई आवश्यक तयारी, समन्वय तथा पूर्वसतर्कता अपनाउन आग्रह गरिएको छ।

    सम्पूर्ण नागरिकलाई सुरक्षित रहन, सचेत बन्न तथा आवश्यक सावधानी अपनाउन हार्दिक अनुरोध गर्दछौँ।

    प्रकाशित मिति :आश्विन ७ २०८३ बुधवार - १६:३४:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij