Logo

२०८३ आश्विन ७ गते बुधवार

२०८३ आश्विन ७ गते बुधवार

कालिकोटमा सरकारी जग्गा व्यक्तिका नाममा दर्ता, १२ जनाविरुद्ध मुद्दा

कालिकोटमा सरकारी जग्गा व्यक्तिका नाममा दर्ता, १२ जनाविरुद्ध मुद्दा


  • 526
    Shares

    कालिकोटमा सरकारी जग्गा व्यक्तिका नाममा दर्ता, १२ जनाविरुद्ध मुद्दा
    images

    काठमाडौं । कालिकोटमा नगर विकास समिति तथा सरकारी स्वामित्वमा रहेको करोडौँ मूल्यको जग्गा गैरकानुनी रूपमा व्यक्तिका नाममा दर्ता गराएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

    अख्तियारले तत्कालीन भूमि सम्बन्धी समस्या समाधान आयोग, कालिकोटका जिल्ला समिति अध्यक्ष धिरबहादुर बमसहित सरकारी कर्मचारी, जनप्रतिनिधि र जग्गा प्राप्त गर्ने व्यक्तिविरुद्ध बुधबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो।

    आयोगका अनुसार खाँडाचक्र नगरपालिका–१ मा रहेको नगर विकास समितिको कित्ता नम्बर १७७२ तथा सरकारी प्रकृतिका कित्ता नम्बर ५७२ र ९२१ का जग्गा मिलेमतोमा व्यक्तिका नाममा दर्ता गरिएको थियो।

    स्थलगत निरीक्षण नगरी कानुनी प्रक्रिया मिचेर तोकिएको सीमाभन्दा बढी जग्गा वितरण गरिएको अख्तियारको दाबी छ। जग्गा पाउने केही व्यक्तिले पुर्जा प्राप्त गरेको छोटो समयमै बिक्रीसमेत गरेको पाइएको आयोगले जनाएको छ।

    अख्तियारले मुख्य प्रतिवादीविरुद्ध बिगो, कैद तथा जरिवाना र सरकारी जग्गा फिर्ताको माग गरेको छ।  

    प्रकाशित मिति :आश्विन ७ २०८३ बुधवार - १६:०९:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij