Logo

२०८३ आश्विन ७ गते बुधवार

२०८३ आश्विन ७ गते बुधवार

मनास्लु हिमालमा मृत्यु भएका दुईको शव काठमाडौंमा

मनास्लु हिमालमा मृत्यु भएका दुईको शव काठमाडौंमा


  • 428
    Shares

    मनास्लु हिमालमा मृत्यु भएका दुईको शव काठमाडौंमा
    images

    काठमाडौं । मनास्लुको हिउँपहिरोमा पुरिएर मृत्यु भएका दुई व्यक्तिको शव काठमाडौं लगिएको छ । मनास्लुको फेदीमा रहेको चुमनुब्री–१ सामागाउँबाट बुधबार बिहान हेलिकप्टरमार्फत काठमाडौँ लगिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

    भारतीय मूलका जर्मन नागरिक ध्रुवज्योति गुहा र उनका सहयोगी मकालु–२, सङ्खुवासभाका फुर्सेम्बा शेर्पाको गत आइतबार राति तेस्रो शिविरमा हिमपहिरोमा पुरिएर मृत्यु भएको थियो ।

    घटना भएको तीन दिनपछि उनीहरुको शव मङ्गलबार सामागाउँ पुर्याइएको थियो । सो स्थानबाट बुधबार बिहानै महाराजगञ्जस्थित शिक्षण अस्पतालमा लगिएको प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए । उनीहरु मकालु एड्भेञ्चर कम्पनी प्रालिबाट मनास्लु आरोहणका लागि गएका थिए ।

    यससँगै मनास्लुमा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । यसअघि सिङ्गापुरका आरोही ५० वर्षका लाउवी सेङको पनि दोस्रो शिविरमा मृत्यु भएको थियो । 

    त्यस्तै, नेपाली सहयोगी २० वर्षका टासी शेर्पाको पनि आधार शिविरमा मृत्यु भएको थियो । किलर माउण्टेनको नामले चिनिने मनास्लु आरोहणका लागि यो सिजनमा ४९३ जना विदेशी आरोहीले अनुमति लिएका छन् । प्रतिकूल मौसमका कारण कसैले पनि अहिलेसम्म आरोहण सफल गर्न सकेका छैनन् । भारी हिमपात र अविरल वर्षाका कारण आरोहीहरु धमाधम काठमाडौँ फर्किरहेका छन् ।

     

     

    प्रकाशित मिति :आश्विन ७ २०८३ बुधवार - १५:४९:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij