Logo

२०८३ आश्विन ७ गते बुधवार

२०८३ आश्विन ७ गते बुधवार

अब वर्षैभरि सहुलियत पसल, दसैँ–तिहार नजिकिएसँगै किनमेल गर्नेहरूको भिड

अब वर्षैभरि सहुलियत पसल, दसैँ–तिहार नजिकिएसँगै किनमेल गर्नेहरूको भिड


  • 414
    Shares

    अब वर्षैभरि सहुलियत पसल, दसैँ–तिहार नजिकिएसँगै  किनमेल गर्नेहरूको भिड
    images

    काठमाडौं । बागलुङमा दसैँ, तिहार, छठलगायत चाडपर्वलाई लक्षित सुपथ मूल्य पसल सञ्चालनमा आएसँगै उपभोक्ताको चाप बढ्न थालेको छ । 

    साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले बागलुङ बजारको उपल्लाचौरमा सञ्चालन गरेको सुपथ मूल्य पसलमा दैनिक सयौँ उपभोक्ताको लाइन लाग्ने गरेको छ ।

    सोमबारदेखि सञ्चालनमा आएको सुपथ मूल्य पसलमा बजार तथा आसपासका गाउँका नागरिक किनमेलका लागि आउने गरेका छन् । बजार मूल्यभन्दा केही सस्तोमा पाइने हुँदा किनमेल गर्न लाइन बस्ने गरेको देखिन्छ । उक्त पसलबाट दैनिक ५ सय जनालाई सेवा दिन सकिने साल्ट ट्रेडिङ कर्पोरेसन बागलुङले जनाएको छ ।

    चाडपर्वका बेला बजारमा अनावश्यक मूल्यवृद्धि हुने र उपभोक्ता मर्कामा पर्ने भएको हुँदा उपभोक्तालाई सहज र सरल रूपमा सेवा उपलब्ध गराउन यो पसल  सञ्चालनमा ल्याइएको हो । बागलुङ नगरपालिका–४ उपल्लाचौरस्थित कार्यालय भवनबाटै ग्राहकले सुपथ मूल्यमा नुन, चिनी, तोरीको तेल, आँटा र मैदा खरिद गर्न सक्ने साल्ट ट्रेडिङ कार्यालय बागलुङका प्रमुख मनोजकुमार श्रेष्ठले बताए ।

    उक्त पसलबाट चिनी प्रतिकिलो एक सय रुपैयाँ, नुन प्रतिकिलो २४ रुपैयाँ, शुद्ध तोरीको तेल प्रतिलिटर ३ सय ८० रुपैयाँ, आँटा दुई केजीको १ सय ५० रुपैयाँ र मैदा दुई केजीको १ सय ५० रुपैयाँमा पाउन सकिन्छ । प्रतिव्यक्ति अधिकतम पाँच किलो चिनी, पाँच किलो नुन, पाँच लिटर तोरीको तेल तथा आँटा र मैदा चार–चार केजीका दरले खरिद गर्न पाइने व्यवस्था छ ।

    बजार मूल्यभन्दा चिनीमा प्रतिकिलो ३० रुपैयाँ, नुनमा प्रतिकिलो चार रुपैयाँ, शुद्ध तोरीको तेलमा प्रतिलिटर ४५ रुपैयाँ तथा आँटा र मैदामा प्रतिकेजी २० रुपैयाँ सस्तो पर्नेछ । सुपथ मूल्य पसल कात्तिक ३० गतेसम्म बिहान साढे ९ बजेदेखि बेलुका साढे ४ बजेसम्म सञ्चालन हुनेछ । सार्वजनिक बिदामा भने पसल बन्द रहनेछ।

    प्रकाशित मिति :आश्विन ७ २०८३ बुधवार - १५:४१:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij