Logo

२०८३ आश्विन ७ गते बुधवार

२०८३ आश्विन ७ गते बुधवार

त्रिपुरेश्वर आत्मदाह घटनाको निष्पक्ष छानबिन माग्दै प्रदर्शन

त्रिपुरेश्वर आत्मदाह घटनाको निष्पक्ष छानबिन माग्दै प्रदर्शन


  • 393
    Shares

    त्रिपुरेश्वर आत्मदाह घटनाको निष्पक्ष छानबिन माग्दै प्रदर्शन
    images

    काठमाडौं । त्रिपुरेश्वरमा भएको आत्मदाह घटनाको निष्पक्ष छानबिन गर्न माग गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनले प्रदर्शन गरेको छ ।

    सङ्गठनले बुधबार माइतीघर मण्डलामा प्रदर्शन गर्दै घटनाको वास्तविक कारण सार्वजनिक गर्न र निष्पक्ष अनुसन्धान अघि बढाउन माग गरेको हो ।

    सोमबार त्रिपुरेश्वरमा चालक अर्जुन दोङ तामाङले ट्राफिक प्रहरीसँग विवाद भएपछि बसमा आगजनी गरेका थिए । आगलागीमा परेर गम्भीर घाइते भएका तामाङको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

    घटनापछि यातायात मजदुर सङ्गठनले ट्राफिक प्रहरीसँग भएको विवादको पृष्ठभूमिसमेत छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न माग गर्दै आएको छ ।

    प्रकाशित मिति :आश्विन ७ २०८३ बुधवार - १४:५१:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij