२०८३ आश्विन ७ गते बुधवार
काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा। कृष्णहरि बुढाथोकीले डिजिटल अर्थतन्त्रको विकाससँगै वित्तीय कारोबारलाई सुरक्षित, विश्वसनीय र प्रभावकारी बनाउन आवश्यक रहेको बताएका छन्। प्रतिनिधि सभामा प्रश्तुत ‘भुक्तानी तथा फस्र्यौट ९पहिलो संशोधन० विधेयक, २०८३’ माथि भएको सैद्धान्तिक छलफलमा उनले यस्तो बताएका हुन्।
उक्त विधेयक कोशेढुङ्गा सावित हुने उनको जिकिर छ । सांसद डा. बुढाथोकीले अर्थमन्त्रीद्वारा प्रश्तुत सो विधेयकले भुक्तानी तथा फस्र्यौट प्रणालीमा विद्यमान व्यावहारिक कठिनाइ र कानूनी अस्पष्टतालाई सम्बोधन गर्ने विश्वास व्यक्त गरेका छन् । उनले विद्यमान ऐनलाई समयसापेक्ष बनाउँदै बैङ्क तथा वित्तीय संस्थाहरूको कार्यक्षमता अभिवृद्धि गर्न विधेयकले महत्वपूर्ण भुमिका खेल्ने बताएका छन् ।
सांसद बुढाथोकीले भुक्तानी प्रणाली केवल रकम हस्तान्तरणको माध्यम मात्र नभई वचतलाई उत्पादनशील लगानी र रोजगारी सिर्जनासँग जोड्ने वित्तीय पूर्वाधार भएको बताएका छन् ।
उनले भने, ‘सुरक्षित, सहज र भरपर्दो भुक्तानी प्रणालीले मात्र औपचारिक वित्तीय प्रणालीप्रतिको विश्वास बढाउँछ र कृषि, ऊर्जा तथा पर्यटनजस्ता उत्पादनशील क्षेत्रमा लगानी प्रवद्र्धन गर्छ ।’
विधेयकमा समावेश गरिएका सञ्चालक समितिका विज्ञ सदस्यको योग्यता, एजेन्ट नियुक्ति प्रक्रिया र विदेशी संस्थाको अनुमति नवीकरण लगायतका प्रावधानहरूले प्रणालीलाई थप व्यवस्थित बनाउने उनको भनाइ छ । साथै, डिजिटल कारोबारको बढ्दो दायरासँगै साइबर सुरक्षा, उपभोक्ताको वित्तीय तथ्याङ्क सुरक्षा र प्रभावकारी नियमनलाई विधेयकले उच्च प्राथमिकतामा राख्नु सकारात्मक कदम भएको उहाँले उल्लेख गरेका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij