Logo

२०८३ आश्विन ८ गते बिहिवार

२०८३ आश्विन ८ गते बिहिवार

स्वास्थ्यकर्मीमाथि हिंसा गर्नेलाई ५ वर्षसम्म कैद र ५ लाख जरिवाना प्रस्ताव

स्वास्थ्यकर्मीमाथि हिंसा गर्नेलाई ५ वर्षसम्म कैद र ५ लाख जरिवाना प्रस्ताव


  • 624
    Shares

    स्वास्थ्यकर्मीमाथि हिंसा गर्नेलाई ५ वर्षसम्म कैद र ५ लाख जरिवाना प्रस्ताव
    images

    काठमाडौं । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि हुने आक्रमण र हिंसात्मक गतिविधि नियन्त्रण गर्न सरकारले कडा सजायको व्यवस्था प्रस्ताव गर्दै नयाँ विधेयक संसद्मा पेस गरेको छ ।

    स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ संशोधन गर्न बनेको विधेयकमा गम्भीर प्रकृतिका कसुरमा संलग्नलाई २ देखि ५ वर्षसम्म कैद तथा २ लाखदेखि ५ लाख रुपैयाँसम्म जरिवाना गर्ने प्रस्ताव गरिएको छ । प्रस्तावित व्यवस्थाअनुसार कैद वा जरिवानामध्ये एउटा मात्र नभई दुवै सजाय भोग्नुपर्नेछ ।

    विधेयकले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि हातपात गर्ने, हिंसा गर्ने, हतियारसहित आपराधिक बल प्रदर्शन गर्ने तथा यस्ता गतिविधिका लागि उक्साउने कार्यलाई गम्भीर कसुरका रूपमा समेटेको छ । अन्य कसुरमा कसुरको प्रकृतिअनुसार १ देखि ३ वर्षसम्म कैद र १ लाखदेखि ३ लाख रुपैयाँसम्म जरिवाना प्रस्ताव गरिएको छ ।

    नयाँ व्यवस्थाले सुरक्षाको दायरा पनि विस्तार गरेको छ । अस्पतालमा कार्यरत चिकित्सक तथा कर्मचारीसँगै इन्टर्नसिप गरिरहेका विद्यार्थीलाई समेत कानुनी संरक्षण दिने प्रस्ताव गरिएको छ । स्वास्थ्यकर्मीको भौतिक र आर्थिक सुरक्षासँगै मानसिक तथा मनोसामाजिक सुरक्षालाई समेत ऐनमा समेटिएको छ ।

    स्वास्थ्य क्षेत्रमा भयमुक्त वातावरण सिर्जना गरी स्वास्थ्य सेवा प्रवाहलाई सुरक्षित बनाउने उद्देश्यले विधेयक ल्याइएको मन्त्रालयले जनाएको छ । ऐन कार्यान्वयनका लागि आवश्यक निर्देशिका, कार्यविधि तथा मापदण्ड बनाउन सक्ने व्यवस्था पनि प्रस्ताव गरिएको छ ।

    स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आर्थिक वर्ष २०८३/८४ को पहिलो प्राथमिकतामा राखेर विधेयक संसद्मा पेस गरेको हो ।

    प्रकाशित मिति :आश्विन ७ २०८३ बुधवार - १४:०५:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij