Logo

२०८३ आश्विन ७ गते बुधवार

२०८३ आश्विन ७ गते बुधवार

इक्यान झापाद्वारा विपद् राहत कोषमा दश लाख प्रदान

इक्यान झापाद्वारा विपद् राहत कोषमा दश लाख प्रदान


  • 568
    Shares

    इक्यान झापाद्वारा विपद् राहत कोषमा दश लाख प्रदान
    images

    काठमाडौं । नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान) झापाले रसुवा बाढी प्रभावितको राहतका लागि रु १० लाख सहयोग गरेको छ । 

    इक्यान झापाको सामाजिक उत्तरदायित्व (सीएसआर) समितिको पहलमा सदस्य तथा पदाधिकारीबाट सङ्कलित उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो ।

    सङ्कलित रकमको चेक कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेल र जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक वसुन्धरा खड्कालाई संयुक्त रूपमा हस्तान्तरण गरिएको संस्थाका उपाध्यक्ष अशोक भण्डारीले जानकारी दिए । 

     

    प्रकाशित मिति :आश्विन ७ २०८३ बुधवार - १३:४९:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij