Logo

२०८३ आश्विन ७ गते बुधवार

२०८३ आश्विन ७ गते बुधवार

डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण

डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण


  • 568
    Shares

    डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण
    images

    काठमाडौं । चीन सरकारले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) लाई डिएनए परिक्षणको लागि आवश्यक उपकरण, सामग्री तथा प्रविधि उपलब्ध गराएको छ । रसुवा बाढीमा परी ज्यान गुमाएका तथा बेपत्ता भएका व्यक्तिको पहिचानका लागि डीएनए प्रोफाइलिङ गर्न चीनले नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण गरेको हो । बुधवार विज्ञान तथा प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनको उपस्थितिमा आयोजित एक कार्यक्रममा कार्यक्रममा नेपालका लागि चीनका राजदुत झाङ माओमिङले डीएनए प्रोफाइलिङका लागि आवश्यक सामग्री तथा प्रविधि नाष्टलाई हस्तान्तरण गरे। 

    बाढीपछि राष्ट्रिय विधि विज्ञान प्रयोगशाला र नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालामा मात्रै डिएनए नमूना परीक्षण सम्भव नभएपछि  नास्टको प्रयोगशालामा पनि परिक्षण गर्ने काम भईरहेको नास्टका वरिष्ठ वैज्ञानिक तथा प्रवक्ता डा. रामचन्द्र पौडेलले बताए। पौडेलकाअनुसार हालसम्म नास्टको प्रयोगशालाले करिव ८०७ वटा नमुना प्राप्त गरेको छ । नेपाल प्रहरीको फरेन्सिक ल्याबबाट मात्रै पछिल्लो पटक १२ वटा नमुना नास्टले प्राप्त गरेको उहाँले जानकारी दिए। 

    बाढीपछि ठूलो संख्यामा मानिस बेपत्ता भएको प्रारम्भिक विवरण आएपछि नमूना परीक्षणलाई तिब्रता दिन विभिन्न प्रयोगशालाबीच काम बाँडफाँट गरिएको उनले बताए। राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा भारतबाट आएका विज्ञले समेत सहयोग गरिरहेका छन् भने नेपाल प्रहरीको फरेन्सिक ल्यावमा पनि विदेशी विज्ञको सहयोग रहेको उनको भनाइ छ । नास्टले प्राप्त गर्ने नमुनाको प्रोफाइल तयार गरी सम्बन्धित फरेन्सिक प्रयोगशालालाई उपलब्ध गराउने पौडेलले बताए । अन्तिम विश्लेषण तथा पहिचानका लागि आवश्यक डेटासँग मिलान गर्ने काम सम्बन्धित वैधानिक फरेन्सिक निकायबाट हुने उनको भनाई छ ।

    प्रकाशित मिति :आश्विन ७ २०८३ बुधवार - १३:३२:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij