२०८३ आश्विन ७ गते बुधवार
काठमाडौं । दशैं, तिहार र छठलाई लक्षित गर्दै सरकारले अग्रिम टिकट बुकिङलाई निरन्तरता दिने भएको छ । यातायात व्यवस्था विभागले सरोकारवालालाई पठाएको १५ बुँदे निर्णयमा यस्तो व्यवस्था गरिएको हो ।
तर अग्रिम टिकट बुकिङ कहिलेदेखि खुलाउने भन्ने मिति भने विभागले तय गरेको छैन । विभागले अनलाइन टिकट बुकिङलाई प्राथमिकता दिन, यात्रुको विवरणसहित चलानी लिएर मात्र सवारी सञ्चालन गर्न तथा अनधिकृत काउन्टरबाट टिकट बिक्री रोक्न निर्देशन दिएको छ ।
चाडपर्वका बेला सडकको अवस्था, ट्राफिक व्यवस्थापन र सवारीसाधनको अनुगमन प्रभावकारी बनाउन सम्बन्धित निकायसँग समन्वय गर्न पनि विभागले भनेको छ ।
त्यस्तै लामो दूरीका सवारीमा कम्तीमा दुई चालक राख्न, प्रस्थानअघि सवारीको यान्त्रिक परीक्षण गर्न तथा चालकको मापसे र लापसे परीक्षण गर्न निर्देशन दिइएको छ ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij