Logo

२०८३ आश्विन ८ गते बिहिवार

२०८३ आश्विन ८ गते बिहिवार

असोजको पहिलो सातामै संसद्‍मा १० विधेयक

असोजको पहिलो सातामै संसद्‍मा १० विधेयक


  • 575
    Shares

    असोजको पहिलो सातामै संसद्‍मा १० विधेयक
    images

    काठमाडौं । सरकारले असोज महिनाको पहिलो सातामा संघीय संसद्‍मा १० विधेयक पुर्‍याएको छ । संसद्को दोस्रो अधिवेशन चलिरहेका बेलामा दर्ता गरिएका विधेयकहरू स्वास्थ्य, शिक्षा, सामाजिक सुरक्षा, र पूर्वाधार विकाससँग सम्बन्धित छन् । 

    संघीय संसद् सचिवालयको वेबसाइट अनुसार असोज १ देखि ६ गतेसम्म यी विधेयकहरू दर्ता भएका हुन् । 

    असोज ६ गते ‘रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक, २०८३’ असोज ५ गते ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (दोस्रो संशोधन) विधेयक,’ ‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार (पहिलो संशोधन) विधेयक’ र ‘आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३’ दर्ता भएका छन् । यी सबै विधेयक स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दर्ता गरेको हो । 

    असोज ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक, २०८३’ र ‘राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक, २०८३’ दर्ता भएका छन् । 

    असोज ६ गते ‘महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक’ दर्ता भएको छ । असोज २ गते ‘निःशुल्क कानुनी सहायता सम्बन्धी विधेयक’ र असोज १ गते द ‘फोहोरमैला व्यवस्थापन विधेयक’ दर्ता भएका छन् ।

     

    प्रकाशित मिति :आश्विन ७ २०८३ बुधवार - १०:४४:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij