Logo

२०८३ आश्विन ७ गते बुधवार

२०८३ आश्विन ७ गते बुधवार

रेशम चौधरीको माफीमिनाहा सर्वोच्चद्वारा सदर

रेशम चौधरीको माफीमिनाहा सर्वोच्चद्वारा सदर


  • 687
    Shares

    रेशम चौधरीको माफीमिनाहा सर्वोच्चद्वारा सदर
    images

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशम चौधरीलाई दिएको माफीमिनाहालाई सर्वोच्च अदालतले सदर गरेको छ ।

    न्यायाधीश शारंगा सुवेदी र श्रीकान्त पौडेलको इजलासले चौधरीलाई दिइएको माफीमिनाहाविरुद्ध दायर भएको रिट निवेदन खारेज गर्ने फैसला गरेको हो ।

    राष्ट्रपतिबाट चौधरीलाई दिइएको माफीमिनाहा कानुनी रूपमा त्रुटिपूर्ण रहेको दाबी गर्दै सर्वोच्चमा रिट निवेदन परेको थियो । उक्त रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले माफीमिनाहाको निर्णयलाई कायम राखेको हो ।

    यस फैसलासँगै चौधरीलाई राष्ट्रपतिबाट प्रदान गरिएको माफीमिनाहामाथि उठेको कानुनी विवाद टुंगिएको छ ।

    प्रकाशित मिति :आश्विन ६ २०८३ मंगलवार - १७:४१:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij