Logo

२०८३ आश्विन ६ गते मंगलवार

२०८३ आश्विन ६ गते मंगलवार

भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५१ जनाको शव भेटियो

भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५१ जनाको शव भेटियो


  • 211
    Shares

    भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५१ जनाको शव भेटियो
    images

    काठमाडौं ।  रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण मंगलबार २ बजे सम्म १ हजार ४ सय ५१ जनाको शव फेला परेको छ । 

    जसमध्ये रसुवामा २ सय ३६ जना, नुवाकोटमा २ सय ३ जना, धादिङमा ७२ जना, चितवनमा ३ सय ६७ जना, गोरखामा ७९ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २ सय ३२ जना र नवलपरासी पश्चिममा २ सय २२ जना गरी १ हजार ४ सय ४९ जनाको शव फेला परेको हो । साथै २ जनाको काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो ।   

    फेला परेका शवहरूको पहिचानका लागि डिएनए नमुना सङ्कलन देखि आवश्यक प्रक्रिया पुरा गरी हाल सम्म १ हजार ३ सय ३३ वटा शव व्यवस्थापन (माटो मुनि सुरक्षित राखिएको) गरिएको छ । 

    शव पहिचानका लागि मृतकका १ हजार ३ सय २९ र आफन्तका २ हजार १६ गरी कुल ३ हजार ३ सय ४५ वटा डिएनए नमुना सङ्कलन गरिएको छ । साथै पहिचान नभएको १ हजार ४ सय २४ वटा शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ । 

    बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण, शव व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म ७ हजार ९ सय ७५ जना प्रहरी कर्मचारीहरू परिचालन गरिएको छ । 

    हालसम्म बेपत्ता भएका ४ हजार ७ सय १८  जनाको खोजी कार्य भइरहेको छ । यसैगरी विभिन्न जिल्लाहरूमा रहेको होल्डिङ सेन्टरमा १ हजार ३ सय ४७ जना व्यक्तिहरूलाई राखिएको छ । 

    प्रकाशित मिति :आश्विन ६ २०८३ मंगलवार - १७:३२:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij