Logo

२०८३ आश्विन ६ गते मंगलवार

२०८३ आश्विन ६ गते मंगलवार

अब लाइसेन्स लिन यातायात कार्यालय धाउन नपर्ने, घरमै पुर्‍याउने व्यवस्था

अब लाइसेन्स लिन यातायात कार्यालय धाउन नपर्ने, घरमै पुर्‍याउने व्यवस्था


  • 288
    Shares

    अब लाइसेन्स लिन यातायात कार्यालय धाउन नपर्ने, घरमै पुर्‍याउने व्यवस्था
    images

    काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को छपाइ तथा वितरण प्रक्रियालाई सहज र व्यवस्थित बनाउने उद्देश्यले सरकारका तीन निकायबीच त्रिपक्षीय सम्झौता भएको छ । सम्झौतासँगै सेवाग्राहीले सम्बन्धित यातायात कार्यालयमै पुगेर लाइसेन्स लिनुपर्ने बाध्यता हट्ने भएको छ । 

    पूर्वाधार विकास मन्त्री सुनिल लम्सालका अनुसार मंगलबार मन्त्रालयमा यातायात व्यवस्था विभाग, हुलाक सेवा विभाग र सुरक्षण मुद्रण केन्द्रबीच सम्झौता भएको हो ।

    सम्झौताअनुसार यातायात व्यवस्था विभागको ‘विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली’ (EDLVRS) बाट जारी हुने लाइसेन्सको विवरण सिधै सुरक्षण मुद्रण केन्द्रको प्रणालीमा पठाइनेछ । प्राप्त विवरणका आधारमा केन्द्रले लाइसेन्स छपाइ गर्नेछ ।

    यसअघि लाइसेन्सको डाटा आदानप्रदान तथा छपाइ प्रक्रियामा लाग्ने समय र प्राविधिक झन्झट कम हुने सरकारको अपेक्षा छ । छपाइ पूरा भएपछि लाइसेन्स हुलाक सेवा विभागमार्फत सेवाग्राहीसम्म पुर्‍याउने व्यवस्था मिलाइएको छ ।

    सम्झौताअनुसार छपाइ भएका लाइसेन्स सम्बन्धित प्रदेश कार्यालयमा पठाएर त्यहाँबाट वितरण गर्ने व्यवस्था पनि हुनेछ । साथै सेवाग्राहीले चाहेमा आफूले उपलब्ध गराएको ठेगानामै लाइसेन्स प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ ।

    नयाँ व्यवस्थाले लाइसेन्स वितरण प्रक्रियामा सेवाग्राहीको समय र झन्झट घटाउने तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।  

    प्रकाशित मिति :आश्विन ६ २०८३ मंगलवार - १७:०८:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij