Logo

२०८३ आश्विन ६ गते मंगलवार

२०८३ आश्विन ६ गते मंगलवार

वैदेशिक लगानीमा कमी नआएको लगानी बोर्डको दाबी

वैदेशिक लगानीमा कमी नआएको लगानी बोर्डको दाबी


  • 155
    Shares

    वैदेशिक लगानीमा कमी नआएको लगानी बोर्डको दाबी
    images

    काठमाडौं । लगानी बोर्डकी प्रमुख कार्यकारी अधिकृत यांकीले नेपालमा वैदेशिक लगानीमा कमी नआएको बताएकी छिन् ।

    मंगलबार सिंहदरबारमा राष्ट्रियसभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा उनले लगानीकर्ताहरू आकर्षित भए पनि स्वीकृत लगानीको प्रभावकारी कार्यान्वयन हुन नसकेको बताइन् । 

    स्वीकृत लगानीलाई वास्तविक परियोजना र रोजगारीमा रूपान्तरण गर्न आवश्यक रहेको उनले बताइन् । लगानी बोर्डलाई परियोजना कार्यान्वयनमा केन्द्रित गर्न आफू क्रियाशील रहेको उनको भनाइ छ । ''हामीले अहिले बोर्डलाई एउटा डेलिभरी युनिटको रूपमा विकास गर्न प्रयास गरिरहेका छौँ,'' उनले भनिन्,'' हामीले परियोजना कार्यान्वयनलाई प्रभावकारी बनाउन प्रयासरत छौँ जसले गर्दा मुलुकमा रोजगारी सिर्जना तथा रोयल्टीमा कन्भर्ट हुन सजिलो हुन्छ ।''

    १४ वर्षको अवधिमा लगानी बोर्डबाट करिब १ खर्ब ६७ अर्ब रुपैयाँ लगानी स्वीकृत भएको उनको भनाइ छ । स्वीकृत लगानीमध्ये विकास परियोजनामा खर्चिएको रकमबारे अध्ययन आवश्यक रहेको उनले बताइन् ।  

    स्वीकृत लगानी र कार्यान्वयनमा जाने रकमबीच ठूलो अन्तर रहेको उनको भनाइ छ ।   प्रमुख कार्यकारी अधिकृत उक्यावले पर्यटन, जलविद्युत, सूचना प्रविधि तथा रासायनिक मललगायत विभिन्न क्षेत्रमा विदेशी लगानीकर्ताको चासो रहेको उल्लेख गरिन् ।  विदेशी लगानीकर्तालाई लगानीको लागि लामो र  झन्झटिलो प्रक्रियाका कारण अवरोध सिर्जना हुने गरेको बताइन् । 

     लगानीकर्ताले परियोजना अघि बढाउने क्रममा स्वीकृति, लाइसेन्स, सरकारी निकायसँगको समन्वय, कार्यान्वयन र हस्तान्तरणसम्म विभिन्न चरण पार गर्नुपर्ने भएकाले त्यसमा सुधार आवश्यक रहेको उनको भनाइ छ ।

    लगानी बोर्डको संरचना पुनरावलोकन गर्नुपर्ने उनले उल्लेख गरिन् ।  लगानी बोर्डमा हाल पाँचवटा परियोजना अध्ययन तथा मूल्यांकनको चरणमा र तीनवटा परियोजना सञ्चालनमा रहेको समेत समितिलाई जानकारी गराइन् । 

    प्रकाशित मिति :आश्विन ६ २०८३ मंगलवार - १७:०१:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij