२०८३ आश्विन ६ गते मंगलवार
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ र ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखामा पुगेर मौसमको पछिल्लो अवस्थाबारे जानकारी लिएका छन् ।
मंगलबार महाशाखा पुगेका मन्त्रीद्वयले आगामी असोज ८, ९ र १० गतेसम्म हुनसक्ने भारी वर्षाको सम्भावित अवस्थाबारे सम्बन्धित अधिकारीसँग जानकारी लिएका हुन् ।
उनीहरूले वर्षाको पूर्वानुमान, मौसमको पछिल्लो अवस्था तथा भारी वर्षाका कारण हुनसक्ने सम्भावित जोखिम र प्रभावबारे पनि अपडेट लिएका छन् ।
मौसमविद्हरूसँगको छलफलमा वर्षाका कारण आउन सक्ने जोखिम न्यूनीकरण, सम्भावित विपद् तथा त्यसका लागि आवश्यक तयारीका विषयमा समेत जानकारी लिइएको बताइएको छ ।
आगामी दिनमा भारी वर्षाको सम्भावना रहेकाले मौसम पूर्वानुमानलाई नियमित रूपमा अद्यावधिक गर्दै जोखिमयुक्त क्षेत्रमा आवश्यक सतर्कता अपनाउनुपर्नेमा जोड दिइएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij