Logo

२०८३ आश्विन ६ गते मंगलवार

२०८३ आश्विन ६ गते मंगलवार

‘जेन–जी आन्दोलनका अपराधी समाउन नसके कुर्सी छोड्नुस्’–ज्ञानबहादुर शाही

‘जेन–जी आन्दोलनका अपराधी समाउन नसके कुर्सी छोड्नुस्’–ज्ञानबहादुर शाही


  • 225
    Shares

    ‘जेन–जी आन्दोलनका अपराधी समाउन नसके कुर्सी छोड्नुस्’–ज्ञानबहादुर शाही
    images

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानबहादुर शाहीले जेनजी आन्दोलनका अपराधीहरुलाई कारबाही किन नगरेको भन्दै प्रश्न गरेका छन् ।

    मंगलवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले जेनजी आन्दोलनका अपराधीहरूलाई कारबाही गर्न राष्ट्रिय मानव अधिकार आयोगले सिफारिस गरेको ६ महिना बितिसक्दा पनि किन पक्राउ नगरिएको भन्दै सरकारलाई प्रश्न गरेका हुन् । अपराधी समाउन नसके कुर्सी छोड्न आग्रह गर्नुभयो । उनले भोटेकोशी बाढीका कारण सुरुङ दुर्घटनामा फसेका नागरिकहरूको उद्धारमा राज्यले चरम ढिलासुस्ती गरेको भन्दै आपत्ति जनाएका छन् । उनले राज्यको स्रोत र साधनको पहुँच हुँदाहुँदै पनि उद्धारमा भएको सात दिनको ढिलाइले बाँच्न सक्ने नागरिकको ज्यान गएको भन्दै यसलाई राज्यद्वारा गरिएको ‘हत्या’ को संज्ञा दिएका छन्। 

    उनले भने, ‘म सरकारलाई एउटा प्रश्न गर्न चाहन्छु, तपाईंकै सत्तापक्ष पार्टीकी सांसद हुनुहुन्छ, जेनजी आन्दोलनको आमा अहिले रुनुभयो संसदमा । तपाईँले सरकार चलाएको ६ महिना भयो । राष्ट्रिय मानव अधिकार आयोगले कोको दोषी हुन् भनेर प्रमाणपत्र बुझाएको तपाईंलाई आज ६  महिना भयो । अपराधीलाई आजसम्म किन पक्रिनुभएको छैन रु यदि पक्रिन सक्नुहुन्न भने यो सत्ताको कुर्सीमा किन बसिराख्नुभएको छ रु यो प्रश्न ती आमाको आँखाको आँशु पुछ्नुस् । जेनजी आन्दोलनमा जो जो अपराधी छन्, चाहे सत्तापक्षका हुन्, चाहे प्रतिपक्षका हुन्, यिनलाई समाउँदै जेल हाल्नुस् । ’

    प्रकाशित मिति :आश्विन ६ २०८३ मंगलवार - १५:४१:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij