Logo

२०८३ आश्विन ६ गते मंगलवार

२०८३ आश्विन ६ गते मंगलवार

इन्सास राइफलको गोली र खुकुरीसहित पाँचथरबाट एक जना पक्राउ

इन्सास राइफलको गोली र खुकुरीसहित पाँचथरबाट एक जना पक्राउ


  • 274
    Shares

    इन्सास राइफलको गोली र खुकुरीसहित पाँचथरबाट एक जना पक्राउ
    images

    काठमाडौं । पाँचथरमा इन्सास राइफलको गोली, बारुद र खुकुरीसहित एक जना पक्राउ परेका छन् ।

    पाँचथरको कुम्मायक गाउँपालिका–१ यासोक बजारमा धारिलो हतियार देखाएर धाकधम्की दिइरहेको सूचना पाएपछि गएको प्रहरी टोलीले ती व्यक्तिलाई पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा पाँचथरकै फिदिम नगरपालिका–६ बस्ने सुसन तुम्रोक रहेको पाँचथर प्रहरीले जनाएको छ ।

    पक्राउपछि उनको शरीरमा खानतलासी गर्दा दुई थान खुकुरी इन्सास राइफलको लाइभ राउन्ड थान एक र बारुद जस्तो देखिने पदार्थ २७।७१ ग्राम फेला परेको प्रहरीले जनाएको छ ।

    उनलाई खरखजाना तथा बिष्फोटक पदार्थ कसुरमा पाँच दिन म्याद थप भएर अनुसन्धान भइरहेको प्रहरी निरीक्षक रामचन्द्र साहले जानकारी दिएका छन् ।

     

    प्रकाशित मिति :आश्विन ६ २०८३ मंगलवार - १४:५१:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij