Logo

२०८३ आश्विन ६ गते मंगलवार

२०८३ आश्विन ६ गते मंगलवार

राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकको प्रतिवेदन मस्यौदा समितिमा पेश

राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकको प्रतिवेदन मस्यौदा समितिमा पेश


  • 421
    Shares

    राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकको प्रतिवेदन मस्यौदा समितिमा पेश
    images

    काठमाडौं । राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ सम्बन्धी प्रतिवेदनको मस्यौदा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा पेश गरिएको छ । 

    समितिको मंगलवार बसेको बैठकमा समिति सचिव दशरथ धमलाले विधेयकको प्रतिवेदन मस्यौदा तयार पारी समिति सभापति ओजस्वी शेरचनलाई बुझाएका हुन्। समितिले दिएको निर्देशन अनुसार प्रतिवेदन तयार पारेको समिति सचिव धमलाले बताएका छन्। समिति सचिवालयले सम्बन्धित निकाय तथा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयसँग समन्वय गरी मस्यौदा तयार गरेको उनको भनाई छ ।

    उनले समितिको छलफलका क्रममा उठेका विषय तथा सभापतिबाट निष्कर्षका रूपमा प्रश्तुत भएका निर्णयलाई प्रतिवेदनमा समेटिएको जानकारी दिएका छन् । उनले सचिवालयले विधेयकमा एउटा नयाँ परिच्छेद र चारवटा दफा थप गरेको र एउटा दफा हटाएको उनले बताएका छन् ।

    उनका अनुसार राष्ट्रिय सभाले विधेयकमा गरेका र समितिले स्वीकार गरिसकेका संशोधनहरू भने प्रतिवेदनमा पुनः समावेश गरिएको छैन । तर राष्ट्रिय सभाको संशोधनमाथि समितिले थप परिमार्जन गरेको अवस्थामा भने त्यस्तो परिमार्जनलाई प्रतिवेदनमा समेटिएको छ । सचिवालयले तयार गरेको विधेयकसम्बन्धी मस्यौदा प्रतिवेदन बुधवारको समिति बैठकमा छलफल गरि पारित गर्ने तयारी गरिएको छ । 

    प्रकाशित मिति :आश्विन ६ २०८३ मंगलवार - १३:५९:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij