Logo

२०८३ आश्विन ६ गते मंगलवार

२०८३ आश्विन ६ गते मंगलवार

सिद्धार्थ बैंकले बोलायो साधारणसभा, लाभांशसहित यस्ता छन् अजेन्डा

सिद्धार्थ बैंकले बोलायो साधारणसभा, लाभांशसहित यस्ता छन् अजेन्डा


  • 372
    Shares

    सिद्धार्थ बैंकले बोलायो साधारणसभा, लाभांशसहित यस्ता छन् अजेन्डा
    images

    काठमाडौं । सिद्धार्थ बैंकले आफ्नो २५ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ। बैंक सञ्चालक समितिको बैठकले सभा यही असोज २८ गते आयोजना गर्ने निर्णय गरेको हो। 

    सभा काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बिहान ९ बजेबाट सुरु हुने भएको छ। सभाले गत आर्थिक वर्ष २०८२\८३ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजी १४ अर्ब ७९ करोड ४४ लाख ७९ हजार १९५ रुपैयाँको कुल २० प्रतिशत लाभांश अनुमोदन गर्नेछ। 

    जसमा १० प्रतिशतले हुन आउने १ अर्ब ४७ करोड ९४ लाख ४७ हजार ९२० रुपैयाँबराबरको बोनस शेयर र १० प्रतिशतले हुन आउने १ अर्ब ४७ करोड ९४ लाख ४७ हजार ९२० रुपैयाँबराबरको नगद लाभांश छन्।

    यसैगरी सभाले अग्राधिकार शेयरधनीहरुलाई ८.५ प्रतिशतले हुन आउने १० करोड ७५ लाख ८९ हजार ४१ रुपैयाँबराबरको नगद लाभांश ९करसहित० वितरण गर्ने प्रस्ताव पनि पारित गर्नेछ।

    बोनस शेयर वितरणपछि पुँजी वृद्धि हुने भएकोले सोहीबमोजिम प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव सभाले अनुमोदन गर्ने छ। यसका लागि नियमनकारी निकायहरुबाट प्राप्त निर्देशन वा रायसुझावअनुसार फेरबदल गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव सभाले पारित गर्नेछ।

    सोही सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नुका साथै चालु आर्थिक वर्ष २०८३\८४ का लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव अनुमोदन गर्नेछ।


     

    प्रकाशित मिति :आश्विन ६ २०८३ मंगलवार - ११:५५:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij