Logo

२०८३ आश्विन ६ गते मंगलवार

२०८३ आश्विन ६ गते मंगलवार

बालेन अमेरिका जाँदा तोडिँदै पुराना परम्परा, नलिने सलामी, नबस्ने भीआईपी कक्षमा

बालेन अमेरिका जाँदा तोडिँदै पुराना परम्परा, नलिने सलामी, नबस्ने भीआईपी कक्षमा


  • 358
    Shares

    बालेन अमेरिका जाँदा तोडिँदै पुराना परम्परा, नलिने सलामी, नबस्ने भीआईपी कक्षमा
    images

    काठमाडौं । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन आज साँझ अमेरिका प्रस्थान गर्दैछन् । प्रधानमन्त्रीको विदेश भ्रमणका क्रममा यसपटक विगतभन्दा फरक दृश्य देखिने भएको छ ।

    प्रधानमन्त्री कार्यालयका अनुसार शाहको बिदाइका लागि विमानस्थलमा मन्त्री, सरकारी उच्चपदस्थ अधिकारी तथा कर्मचारीको ठूलो जमघट हुने छैन । त्यस्तै, नेपाली सेनाबाट औपचारिक सलामी दिने परम्परा पनि यसपटक नरहने बताइएको छ ।

    शाह साँझ करिब ७ बजे काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अमेरिकाका लागि प्रस्थान गर्ने कार्यक्रम छ । उनी विमानस्थल पुग्नुअघि नै भ्रमण टोलीका सदस्यहरू त्यहाँ पुगिसक्नेछन् ।

    प्रधानमन्त्रीले विमानस्थलको भीआईपी कक्षमा लामो समय नबसी सोझै विमानमा प्रवेश गर्ने तयारी रहेको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।

    शाहले संयुक्त राष्ट्रसंघको महासभामा नेपालले जलवायु परिवर्तनका कारण भोगिरहेका समस्या तथा जलवायु न्यायका विषयमा नेपालको धारणा प्रस्तुत गर्ने कार्यक्रम छ ।

    प्रधानमन्त्रीको विदेश भ्रमणका क्रममा विगतमा सरकारी पदाधिकारी तथा कर्मचारीहरू विमानस्थलमा ठूलो संख्यामा पुगेर बिदाइ तथा स्वागत गर्ने गरेका थिए । तर, विपद्को वर्तमान अवस्थामा त्यस्तो तामझाम नगर्ने नीति लिइएको प्रधानमन्त्री कार्यालयको भनाइ छ ।

     

    प्रकाशित मिति :आश्विन ६ २०८३ मंगलवार - ११:४७:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij