२०८३ आश्विन ६ गते मंगलवार
काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार नेपाली बजारमा आज सुन चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १७ सय रुपैयाँले घटेको हो।
योसँगै प्रतितोला सुन ३ लाख २ हजार २ सय रुपैयाँ कायम भएको छ। हिजो सुन प्रतितोला ३ लाख ३ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।
साथै, आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलामा ३० रुपैयाँले घटेको हो । यससँगै आज चाँदी तोलामा ४७ सय ७५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी ४८ सय ५ रुपैयाँमा किनबेच भएको थियो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij