२०८३ आश्विन ६ गते मंगलवार
काठमाडौं । नेपाली महिला कबड्डी टोलीले एसियाली खेलकुदको आफ्नो पहिलो खेलमा थाइल्यान्डविरुद्ध ४६–४३ को रोमाञ्चक जित निकालेको छ ।
मंगलबार टोकाइ सिटिजन जिम्नेसियममा समूह ‘बी’ अन्तर्गतको खेलमा नेपालले सानदार पुनरागमन गरेको थियो । पहिलो हाफ १५–२४ ले गुमाएको नेपालले दोस्रो हाफ सहजै ३१–१९ ले आफ्नो पक्षमा पार्यो ।
नेपालले रेड र ट्याकलबाट २५, बोनसबाट १७ र अलआउटबाट चार अंक जोड्यो । अब नेपालले बुधबार चाइनिज ताइपेइको सामना गर्नेछ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij