२०८३ आश्विन ६ गते मंगलवार
काठमाडौं । एभरेष्ट बैंकले आफ्नो शाखा विस्तारको क्रममा मिति २०८३ साल असोज ५ गते सुदूरपश्चिम प्रदेशको कैलाली जिल्ला अन्तर्गत धनगढी उपमहानगरपालिका वडा नं ८ क्याम्पस चोकमा मा आफ्नो १३४औँ शाखा विस्तार तथा सुदूरपश्चिम प्रदेशमा आफ्नो नयाँ भवनको समेत उद्घाटन गरेको छ । साथै बैंकले आफ्नो सुदूरपश्चिम प्रदेशको प्रादेशिक कार्यालय समेत हालको स्थानबाट स्थानान्तरण गरी सम्पूर्ण सेवाहरु सोहि भवनबाट प्रदान गर्ने व्यहोरा जनाएको छ । यो शाखासँगै सुदूरपश्चिम प्रदेशमा बैंकको शाखा संख्या १५ पुगेको छ ।
धनगढी उद्योग बाणिज्य संघका अध्यक्ष श्री पुष्कर ओझाज्यू र बैंकका संचालक समितिका अध्यक्ष डा. बाल गोपाल वैद्यज्यूबाट संयुक्त रुपमा उद्घाटित सो समारोहमा, धनगढी उपमहानगरपालिका वडा नं ८ का वडा अध्यक्ष श्री जुगराम चौधरीज्यू, बैंकका प्रमुख कार्यकारी अधिकृत श्री सुदेश खालिङज्यू , बैंकका सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख श्री यज्ञ राज तिमिल्सिनाज्यू , विभिन्न उद्योग व्यवसायीहरु तथा बैंकका अन्य कर्मचारीहरु लगायत स्थानीयवासीको उत्साहजनक उपस्थिती रहेको थियो ।
क्याम्पस चोक, धनगढीमा बैंकको आफ्नै भवनमा शाखा कार्यालय स्थापनासँगै अब यस क्षेत्रको आर्थिक गतिविधि अझ बढ्न गई समग्र आर्थिक विकाशमा थप टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij