Logo

२०८३ आश्विन ६ गते मंगलवार

२०८३ आश्विन ६ गते मंगलवार

रसुवा बाढीपछि तुइन र झोलुङ्गे पुल पुनर्निर्माण तीव्र

रसुवा बाढीपछि तुइन र झोलुङ्गे पुल पुनर्निर्माण तीव्र


  • 435
    Shares

    रसुवा बाढीपछि तुइन र झोलुङ्गे पुल पुनर्निर्माण तीव्र
    images

    काठमाडौं ।  रसुवा बाढीपछि क्षतिग्रस्त तुइन र झोलुङ्गे पुलको मर्मत तथा पुनर्निर्माण अघि बढाइएको छ। पूर्वाधार विकास मन्त्रालयका अनुसार हालसम्म चार स्थानमा तुइन निर्माण गरी सञ्चालनमा ल्याइएको छ भने थप तीन स्थानमा जडानको तयारी भइरहेको छ।

    मन्त्रालयका अनुसार इन्द्रेणीचौर–गुम्बाडाँडा जोड्ने त्रिशूली नदीमा मोटराइज्ड तुइन सञ्चालनमा ल्याइएको छ। यस्तै, नुवाकोटको विदुर नगरपालिका–५ देविघाट, रसुवाको गोसाइँकुण्ड गाउँपालिका–५ र ६ अन्तर्गत स्याफ्रुबेँसी–चिलिमे जलविद्युत् आयोजना क्षेत्र तथा गोसाइँकुण्ड–६ र आमाछोदिङ्मो–१ स्थित हाकुबेंसीमा पनि तुइन सञ्चालनमा ल्याइएको मन्त्रालयले जनाएको छ।

    थप तीन स्थानमा तुइन जडानको तयारी भइरहेको छ। रसुवाको उत्तरगया गाउँपालिका–४ पैरेबेँसी र नुवाकोटको किस्पाङ गाउँपालिका–५ जोड्ने स्थानमा निर्माणका लागि देखिएको विवाद समाधान भएको छ। स्याफ्रुबेँसी–लाङटाङ क्षेत्रमा भने माइन एरिया भएकाले उपयुक्त स्थान परिवर्तन गर्नुपर्ने भएको छ। रुङ्गामा तुइन जडानका लागि स्थलगत निरीक्षण (रेकी) भइरहेको छ।

    यसैगरी, बाढीबाट क्षतिग्रस्त १३ वटा झोलुङ्गे पुलको मर्मतसमेत अन्तिम चरणमा पुगेको छ। धादिङ, नुवाकोट र गोरखाका विभिन्न स्थानमा रहेका ती पुलको मर्मत भइरहेको मन्त्रालयले जनाएको छ।

    थप सात वटा क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत कार्य पनि सुरु भएको छ। आवश्यक स्टिल पार्ट्स खरिदका लागि टेन्डर प्रक्रिया अघि बढाइएको छ भने पहिलो चरणको खरिद सम्पन्न भइसकेको र दोस्रो चरणका लागि सम्झौता भएको मन्त्रालयले जनाएको छ।

    बाढीबाट पूर्ण रूपमा क्षति भएका ३३ वटा झोलुङ्गे पुल पुनर्निर्माणको तयारीसमेत अघि बढाइएको छ। ती पुलका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने काम अन्तिम चरणमा पुगेको मन्त्रालयले जनाएको छ।  

    प्रकाशित मिति :आश्विन ६ २०८३ मंगलवार - ०९:४६:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij