२०८३ आश्विन ६ गते मंगलवार
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले पोर्चुगलका विदेशमन्त्री पाउलो रान्जेलसँग द्विपक्षीय भेटवार्ता गरेका छन् ।
संयुक्त राष्ट्रसंघको मुख्यालय न्युयोर्कमा जारी संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका क्रममा भएको भेटवार्तामा नेपाल र पोर्चुगलबिच बढ्दो मैत्रीपूर्ण तथा सहयोगात्मक सम्बन्धप्रति दुवै पक्षले खुसी व्यक्त गरेको मन्त्री खनालको सचिवालयले जनाएको छ ।
भेटमा आपसी हितका विभिन्न क्षेत्रमा द्विपक्षीय सहकार्यलाई थप विस्तार र सुदृढ बनाउने उपायबारे समेत छलफल भएको थियो।
दुवै पक्षले नेपाल र पोर्चुगलबिचको सम्बन्धलाई थप गतिशील बनाउँदै पारस्परिक हितका क्षेत्रमा सहकार्य अघि बढाउने विषयमा कुराकानी गरेका छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij