Logo

२०८३ आश्विन ६ गते मंगलवार

२०८३ आश्विन ६ गते मंगलवार

राष्ट्रिय सेवा दल विधेयक प्रतिनिधिसभाबाट पारित

राष्ट्रिय सेवा दल विधेयक प्रतिनिधिसभाबाट पारित


  • 512
    Shares

    राष्ट्रिय सेवा दल विधेयक प्रतिनिधिसभाबाट पारित
    images

    काठमाडौं । प्रतिनिधिसभाबाट राष्ट्रिय सेवा दल विधेयक २०८३ पारित भएको छ । सोमबार बसेको सभामा कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले यो विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन् । 

    नेपालको संविधानको धारा ५१ को खण्ड (क) मा राष्ट्रिय एकता र राष्ट्रिय सुरक्षा सम्बन्धी नीति छ । राष्ट्रिय आवश्यकता अनुरूप नागरिकलाई राष्ट्रको सेवा गर्न तत्पर र सक्षम बनाउने नीति राज्यले अवलम्बन गर्ने उल्लेख छ । राष्ट्रिय सेवा दल ऐन २०२७ ले वर्तमान अवस्थालाई सम्बोधन गर्न नसक्ने भन्दै सरकारले संशोधन विधेयक ल्याएको हो ।

    विद्यालयमा अध्ययनरत विद्यार्थीमा देश प्रेम, जनसेवा, राष्ट्रिय एकताको भावना जगाई नैतिक र अनुशासित बनाउने विधेयकको उद्देश्य छ । साथै, राष्ट्रिय आवश्यकताको आधारमा जुनसुकै नेपाली नागरिकलाई तालिम दिन र तालिम प्राप्त गरेका व्यक्तिलाई स्वयं सेवकका रुपमा राष्ट्र सेवामा खटाउन सक्ने प्रावधान पनि छ ।

     

    प्रकाशित मिति :आश्विन ५ २०८३ सोमवार - १६:४०:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij