Logo

२०८३ आश्विन ६ गते मंगलवार

२०८३ आश्विन ६ गते मंगलवार

एमाले बैठकमा ९ एजेन्डा, ओलीको प्रतिवेदनमाथि दुई दिन छलफल

एमाले बैठकमा ९ एजेन्डा, ओलीको प्रतिवेदनमाथि दुई दिन छलफल


  • 540
    Shares

    एमाले बैठकमा ९ एजेन्डा, ओलीको प्रतिवेदनमाथि दुई दिन छलफल
    images

    काठमाडौं । नेकपा एमालेको सोमबारबाट सुरु भएको तेस्रो केन्द्रीय कमिटी बैठकमा नौ वटा एजेन्डामाथि छलफल हुने भएको छ ।

    एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख नीरज आचार्यका अनुसार अध्यक्षको प्रतिवेदन, केन्द्रीय कमिटीमा मनोनीत, विभागहरूको गठन, पोलिटब्युरो गठन,स्थायी कमिटी गठन, सल्लाहकार परिषद्, ज्येष्ठ कम्युनिस्ट मञ्च गठन, अनुशासन आयोग र समसामयिक प्रस्ताव पारित गर्ने एजेन्डा तय भएका छन् । 

    बैठकमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन पेस गरेका छन् । उक्त प्रतिवेदनमाथि मंगलबार र बुधवार दुई दिन छलफल हुनेछ । प्रत्येक सदस्यलाई ३ मिनेटको समय छुट्टाइएको छ । 

    त्यस्तै बैठकको माइन्यूट लेखनको जिम्मा उपाध्यक्षहरू विष्णुप्रसाद पौडेल, गोकर्ण विष्ट र महासचिव शङ्कर पोखरेलाई दिइएको छ । बैठकको बहस नोट कमिटी तयार गर्ने जिम्मा पाँच जना नेतालाई दिइएको छ । उपमहासचिव योगेश भट्टराई, सचिव पद्मा अर्याल तथा केन्द्रीय सदस्यहरू सूर्य थापा, नीरज आचार्य, खिमलाल भट्टराईलाई बहस नोट तयार गर्ने जिम्मा दिइएको छ ।

     

    प्रकाशित मिति :आश्विन ५ २०८३ सोमवार - १४:१६:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij