Logo

२०८३ आश्विन ६ गते मंगलवार

२०८३ आश्विन ६ गते मंगलवार

एमाले बैठकमा बोल्ने केन्द्रीय सदस्यलाई ३ मिनेट समय

एमाले बैठकमा बोल्ने केन्द्रीय सदस्यलाई ३ मिनेट समय


  • 540
    Shares

    एमाले बैठकमा बोल्ने केन्द्रीय सदस्यलाई ३ मिनेट समय
    images

    काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा बोल्ने प्रत्येक केन्द्रीय सदस्यलाई ३ मिनेट समय पाउने भएका छन् । बैठकको सुरुमा सम्बोधन गर्दै अध्यक्ष केपी ओलीले ३ मिनेट समय निर्धारण गरिएको जानकारी गराए । साथै उनले बैठकमा पालना गर्नुपर्ने निमका बारेमा समेत जानकारी गराएका छन् । 

    निर्धारित समयमा बोल्न नभ्याएका विषयहरु लिखित रूपमा दिन सकिने भन्दै अध्यक्ष ओलीले आफूले प्रस्तुत गरेको प्रतिवेदन अध्ययनका लागि आजको बैठक चाँडै टुङ्ग्याउने र भोलिदेखि छलफल चल्ने उनको भनाइ छ । अध्ययनपछि बोल्ने नेताहरूलाई विषय केन्द्रित भएर मात्रै बोल्न अध्यक्ष ओलीले केन्द्रीय सदस्यहरूलाई निर्देशन समेत दिएका छन् । 

    उनले मङ्गलवारबाट बैठक स्थलमा मोबाइल नल्याउन र कसैले मोबाइल लिएर भिडिओ, खिच्न, रेकर्ड गर्न, लाइभ गर्न पनि नपाइने बैठकका अनुशासनका नियमहरूबारे जानकारी दिएका छन् । साथै नेताहरूले बसेको आसन छोड्दा र बोल्दा अध्यक्षको अनुमति लिनुपर्ने समेत अध्यक्ष ओलीले जानकारी गराएका छन्  

    प्रकाशित मिति :आश्विन ५ २०८३ सोमवार - १३:३०:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij