Logo

२०८३ आश्विन ६ गते मंगलवार

२०८३ आश्विन ६ गते मंगलवार

एमालेको सचिवालय बैठक ३ बजेलाई सर्‍यो

एमालेको सचिवालय बैठक ३ बजेलाई सर्‍यो


  • 1.8K
    Shares

    एमालेको सचिवालय बैठक ३ बजेलाई सर्‍यो
    images

    काठमाडौं । दिउँसो एक बजे बस्ने तय भएको नेकपा एमालेको केन्द्रीय सचिवालय बैठकको समय परिवर्तन भएको छ । एमाले केन्द्रीय कार्यालयका सचिव डा।भीष्म अधिकारीले दिउँसो १ बजे तय भएको बैठकका समय परिवर्तन भएर दिउँसो ३ बजेलाई सरेको जानकारी दिए ।

    उनका अनुसार कार्यदलको बैठक नसकिएकाले सचिवालय बैठकको समय परिवर्तन गर्नुपरेको हो । ‘कार्यदलको बैठक सकिएन । अहिले खाना ब्रेक भएको छ’, सचिव अधिकारीले भने, ‘खाना खाइसकेर कार्यदलको बैठक बसेर सकिएपछि सचिवालय बस्छ ।’  

    बिहान नौ बजेदेखि पार्टी कार्यालय च्यासलमा एमाले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठक बसिरहेको छ ।

    यसैबिच सचिवालय बैठकका लागि दिउँसो १ बजे पार्टी कार्यालय पुगेका अध्यक्ष केपी शर्मा ओली निस्किएका छन् । उनी आधा घण्टा बसेर पार्टी कार्यालयबाट बाहिरिएका हुन् ।

    प्रकाशित मिति :आश्विन ४ २०८३ आइतवार - १३:५५:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij